
काठमाडौं । चीनसँग बढ्दो तनावकाबीच अमेरिकाले ताइवानलाई हतियार बेच्ने निर्णय गरेको छ ।
अमेरिकाले ताइवानलाई सम्भावित ११ अर्ब डलरको हतियार बिक्री गर्न स्वीकृती दिएको हो । जसमा ६० वटा एन्टी शिप मिसाईल र १ सय हावाबाट हावामा मारहान्न सक्ने मिसाईल रहेको जनाईएको छ । यसमध्ये ताइवानलाई आकाश र जमीनमा मार हान्न सक्ने साइडवाइन्डर मिसाईल उपलब्ध गाराउने छ । जसको मुल्य ८ करोड डलर रहेको छ ।
त्यस्तै, ३५ दशमलक ५ करोड डलर पर्ने हार्पुन एन्टी शिप मिसाईल पनि बिक्रीको अनुमति दिईएको जनाईएको छ । यसैगरी अमेरिकाले ताइवानको रडार सर्विलेन्स सिस्टमलाई मजबुद बनाउनको लागि करीब ६६ दशमलब ५ करोड डलर सहयोग गर्ने निर्णय गरेको छ ।
पछिल्लो महिना अमेरिकी काँग्रेसकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि ताइवानको भुमीमा विरोधस्वरुप चीनको सैन्य अभ्यासलाई मध्यनजर गर्दै पेन्टागनले शुक्रबार यो प्याकेजको घोषणा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच चीनले हतियार खरीद बिक्रीले दुई देशबीचको सम्बन्ध बिग्रने चेतावनी दिएको छ । वाशिंगटनमा चीनियाँ दुतावासको प्रवक्ता लियु पेङग्युले एक विज्ञप्ती जारी गर्दै सम्भवित हतियार बिक्रीले चीन र अमेरिकाबीचको सम्बन्धको लागि खतरा रहेको बताएका छन् ।
अमेरिकाको यो निर्णयले ताइवानको क्षेत्रमा अस्थिरतालाई बढावा दिएको प्रतिक्रिया चीनले दिएको छ ।
प्रतिक्रिया दिनुहोस्