१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अमिताभ र रश्मिका अभिनित फिल्म ‘गुड बाई’ को फर्स्ट लुक सार्वजनिक


117
Shares

एजेन्सी । भारतीय अभिनेता अमिताभ बच्चन र दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दाना अभिनित फिल्म ‘गुड बाई’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ ।

अमिताभले आफ्नो आगामी फिल्म ‘गुड बाइ’ को फर्स्ट लुक पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । यस पोस्टरमा उनी चङ्गा उडाउँदै गरेको देख्न सकिन्छ भने रश्मिकाले चङ्गाको धागो दिइरहेकी छन् । अमिताभ र रश्मिका यो फिल्म मार्फत पहिलो पटक सँगै देखिन लागेका हुन् ।

फिल्मको पोस्टरसँगै उनले फिल्मको रिलिज मिति पनि घोषणा गरेका छन् । फिल्मको पोस्टर सार्वजनिक गर्दै अमिताभ बच्चनले लेखेका छन्, ‘परिवार सबैभन्दा विशेष कुरा हो । कोही नजिक नहुँदा पनि उनीहरू भावनामा रहिरहन्छ । ‘गुड बाइ’ ७ अक्टोबर २०२२ मा रिलिज हुँदैछ।’ उनको यो क्याप्सनबाट यो पारिवारिक फिल्म हो भन्ने अनुमान गर्न सकिन्छ ।

फिल्ममा अमिताभ र रश्मिकाका अलावा नीना गुप्ता पनि मुख्य भूमिकामा रहेकी छिन् । नीना यस फिल्मबाट पहिलो पटक अमिताभको अपोजिटमा देखिन लागेकी हुन् । पोस्टर हेर्दा फिल्ममा अमिताभ रश्मिकाको बुबाको भूमिकामा र नीना आमाको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । यो फिल्मबाट रश्मिकाले बलिउडमा डेब्यु गर्दैछिन् ।

‘गुड बाइ’ बाहेक उनी सिद्धार्थ मल्होत्रासँग फिल्म ‘मिशन मजनु’ मा र रणवीर कपूरसँग फिल्म ‘एनिमल’मा देखिने छिन् ।