
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले सथानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्मित मन्दिर र विवाह भवनको उद्घाटन गर्नुभएको छ ।
शनिबार गृहनगर वीरगञ्ज पुग्नु भएका वनमन्त्री यादवले वीरगञ्ज-१५ स्थित भिषवामा निर्मित शितलामाई मन्दिरको उद्घतान गर्नुभएको हो । त्यसैगरी मन्त्री यादवले सोही वडाको भिषवा र भेडियाहीमा निर्मित विवाह भवनको पनि उद्घाटन गर्नुभएको छ ।
निर्माण पश्चात मन्दिरको सुन्दरता बढ्नुका साथै त्यहाँ पुग्ने श्रद्धालुहरुलाई पूजाअर्चनामा सहजता हुने मन्त्री यादवको विश्वास छ । त्यसैगरी विवाह भवनले स्थानीयहरुलाई विवाह लगायतका धार्मिक, सांस्कृति र पारम्परिक कार्यक्रमहरु गर्न सहयोग उहाँले आशा गर्नुभएको छ ।
मन्त्री यादवको संसदीय कोषको १५ लाख रुपैयाँको लागतमा मन्दिर र ३०र३० लाख रुपैयाँको लागतमा विवाह भवन निर्माण भएको उहाँका स्वकीय सचिव घनश्याम बाबु गुप्ताले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार (अजय), वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, जिल्ला समन्वय समितिका पूर्वसभापति एवम् जनता समाजवादी पार्टीका नेता नेक महोम्मद मियाँ, वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादवलगायत स्थानीय, बुद्धिजीवी, नेता तथा कार्यकर्ताज्यूहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्