१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतीय स्थल सेनाध्यक्ष आज नेपाल आउँदै


78
Shares

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे आज आइतबार नेपाल आउँदै हुुनुहुन्छ ।

प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उहाँ पाँचदिने भ्रमणका लागि नेपाल आउन लाग्नुभएको नेपाली सेनाले जनाएको छ ।

भ्रमणका क्रममा उहाँले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण, स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तर्क्रिया र मध्य कमान्ड हेडक्वार्टरको भ्रमण गर्नु हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई एक विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु हुनेछ ।

नेपाली सेना र भारतीय सेनाबीच यस्तो परम्परा रही आएको छ ।

भारतीय प्रधान सेनापतिले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।