
सिन्धुली । सिन्धुलीमा मासु तथा अण्डाजन्य पर्याप्त कुखुरा पालन, उन्नत खालका गाई र भैंसीको व्यवसायिक पालन हुन थालेकाे छ ।
साेही व्यवसायिक पालनका कारण सिन्धुली जिल्ला दूध-अण्डा र मासुमा आत्मनिर्भर भएको हो । सिन्धुलीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीको एक तथ्यांकका अनुसार दूध-अण्डा र मासु अन्य क्षेत्रमा सिन्धुलीबाट विगत ५ वर्ष अगाडिदेखि नै निर्यात भएको देखिएको छ ।
सिन्धुलीमा प्रत्येक महिना ३ लाख १६ हजार अण्डा, ३ हजार ४ सय मेट्रिक टन मासु र १४ लाख लिटर दूध उत्पादन हुने गरेको एक तथ्यांकले देखाएको छ । उत्पादित दूध-अण्डा र मासुमध्धे दूधबाट दूग्धजन्य पदार्थहरु उत्पादनगरी जिल्ला बाहिर निर्यात तथा बिक्री वितरण भइरहेकाे छ ।
सिन्धुलीमा उत्पादन भएका अण्डा जिल्लाभित्र मात्र खपत हुन नसक्दा छिमेकी जिल्लाहरु रामेछाप, दोलखा, ओखलढुंगा लगायतका जिल्लामा समेत बिक्री वितरण हुँदै आएको छ । मासुजन्य बाेइलर कुखुरा, खशी र राँगाहरु जिल्लाबाहिर निर्यात भइरहेकाे छ ।
सिन्धुलीमा ६१ वटा गाई फार्म संचालनमा रहेका छन् भने, ६५ वटा भैंसी फार्म, ४ सय ८० बाख्रा फार्म, २६ वटा राँगा फार्म, २ सय ७४ वटा कुखुरा फार्म, १ सय ३८ बंगुर फार्म, २ सय ७१ मिश्ररीत फार्म १४ डेरी पसल, ३० कृषि सहकारी, ३३ वटा मा ३० कृषि सहकारी र ३३ वटा माछा फार्म रहेका छन् ।
त्यस्तै, एउटा पोल्ट्री हाचरी वितरण, ५५ वटा मासु पसल, ३६ वटा भेटेरीनरी औषधी पसल र ४ वटा दाना पसल संचालनमा रहेको भेटेरीनरी तथा पशुसेवा विज्ञ केन्द्र सिन्धुलीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्