
फाइल तस्विर
काठमाडौं । पोखराबाट मुस्ताङका लागि उडान भरेको समिट एअरको विमानमा प्राबिधिक गडबडी देखिएपछि पोखरा फर्काएर आपत्कालित अवतरण गराइएको छ ।
आज आइतबार बिहान ७ बजेर ५९ मिनेटमा उडेको विमानको इञ्जिनमा समस्या देखिएपछि उडेको ६ मिनेटमै पोखरा विमानस्थलमै अवतरण गराइएको हो ।
विमानमा १८ यात्रु र चालक दलका चार जना थिए ।
ईञ्जिनको इन्डिकेसनमा समस्या देखिएपछि जहाज पुनः पोखरा विमानस्थलमै फिर्ता गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिएका छन् ।
विमानको दायाँ इञ्जिन अफ गरेर सकुशल अवतरण गराइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्