
काठमाडौं । स्पेनिस लिग फुटबल ला–लिगामा रियल मड्रिड र बार्सिलोना विजयी भएका छन् ।
शनिबार राति भएको खेलमा रियलले रियल बेटिसलाई २–१ ले तथा बार्सिलोनाले सेभियालाई ३–० ले हराएका हुन् ।
साविक विजेता रियल मड्रिडका लागि भिनिसियस जुनियर र रोड्रीगोले एक एक गोल गरे । बेटिसका लागि सर्जी कानालेसले एक गोल फर्काए ।
खेलको नवौं मिनेटमा जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । १७ औं मिनेटमा सर्जी ले गोल गर्दै बेटिसलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ६५ औं मिनेटमा रोड्रीगोले गोल गर्दै रियललाई २–१ को जित दिलाए ।
जितसँगै रियाल मड्रिड नयाँ सिजनका सुरुवाती ४ खेल जित्दै शतप्रतिशत नतिजा ल्याउने एक्लो टिम बनेको छ । ४ खेलबाट १२ अंकसहित रियाल मड्रिड शीर्ष स्थानमा छ । यसअघि तीन खेलमा अपराजित रहेको बेटिसको भने यो पहिलो हार हो । रियलसँग बेटिस हार्दा यसको फाइदा बार्सिलोनाले उठाएको छ ।
शनिबार रातिको खेलमा बार्सिलोनाले सेभियालाई ३–० ले हराएको छ । बार्सिलोनाका लागि राफिन्हा, रोबर्ट लेवान्डोस्की र एरिक गार्सिया एक एक गोल गरे ।
खेलको २१ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ३६ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई दोब्बर अग्रता दिलाए । त्यसपछि ५० औं मिनेटमा गार्सियाले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए ।
जितसँगै बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लेको छ । बार्सिलोनालको ४ खेलबाट १० अंक रहेको छ । सेभिया १ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्