
स्याङ्जा । स्याङ्जामा आफ्नै श्रीमतीलाई मारेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।
यहि भदाै १४ गते श्रीमानले आफ्नी श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको जानकारी पाएपछि स्थानीयले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका हुन् । घाइते भएकी मञ्जु दमैको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा भदाै १५ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुतलीबजार नगरपालिका वडा नम्वर ८ का ४० वर्षका गोपाल दमैले आफ्नी श्रीमती ४२ वर्षकी मन्जु दमैलाई मारेको आरोपमा भदाै १६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो । भदाै १७ गते थप अनुसन्धानका लागि म्याद थप गरेको उहाँले बताउनुभयाे ।
आरोपित गोपाललाई कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरु भएको प्रवक्ता खनालले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्