२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


निर्वाचन घोषणापछि संसदको आयु लम्वाउन विधेयक संसदमा लैजानु संविधान विपरित: उपमहासचिव ज्ञवाली


728
Shares

पाल्पा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचन घोषणा भएपछि पनि वर्तमान सरकारको आयु लम्वाउने विधेयक संसदमा लैजानु मुलककै लागि लाजमर्दाे विषय भएको बताउनुभएकाे छ ।

निर्वाचन घोषणापछि काम चलाउ रुपमा रहेको सरकारले महत्वपूर्ण विधेयक अगााडि सार्नु संविधान विपरित काम गर्दै आएको उपमहासचिव ज्ञवालीले बताउनुभएकाे हाे । आइतबार प्रेस चौतारी पाल्पाले तानसेनमा गरेको पत्रकार सम्मेलमा बोल्दै उहाँले आगामी निर्वाचनमा निश्पक्ष नहुने गरी सत्ता गठबन्धन विभिन्न आंशकागत गतिविधि गर्दै आएको बताउनुभयाे।

उहाँले गठबन्धन विरुद्ध एक्लै चुनाव लड्ने तागत एमालेसँग भएपनि ठाउँ-ठाउँमा आवश्यकता अनुसार तालमेलको लागि ढोका खुला राखेको बताउनुभयाे । सरकारमा रहेका दलहरु भागबण्डामा लागेर देशलाई अस्थिरताको बाटोमा लगिरहेको उहाँले आरोप लगाउनुभएकाे छ ।