२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


असोजबाट शुक्रबार शेयर कारोबार नहुने


0
Shares

काठमाडौं । आगामी असोज महिनाबाट शुक्रबार सेयर कारोबार नहुने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेले शुक्रबार शेयर कारोबर बन्द गर्ने निर्णय गरेको हो । आइतबार बसेको नेप्से संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । भदौ महिनामा बाँकी रहेका शुक्रबारको दिनमा कारोबार हुने तर असोज महिना लागेपछि शुक्रबारको कारोबार बन्द हुने नेप्सेले जनाएको छ ।

सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेपछि शेयर बजारमा सोमबारदेखि शुक्रबारसम्म कारोबार हुदै आएको थियो । धेरै आलोचनापछि सरकारले आइतबारको सार्वजनिक विदा बन्द गरेको थियो । तर पनि शेयर कारोबार भने आइतबारदेखि शुक्रबारसम्म नै कारोबार हुँदै आएको थियो ।

शुक्रबार भने २ घण्टा मात्र शेयर कारोबार हुने गरेको थियो । लगानीकर्ताहरुले भने अन्तर्राष्ट्रिय बजारमा सेयर कारोबार ५ दिनमात्रै हुने भएकोले नेपालमा पनि सोही व्यवस्था गर्न माग गर्दै आएका थिए ।

शुक्रबार २ घण्टा कारोबार संचालन गर्नुको कुनै अर्थ नरहेको लगानीकर्ताको भनाई रहँदै आएको छ । यसै अनुसार शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गरेको नेप्सेको भनाई छ ।