
वनलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले समानुपातिक सदस्यमा इच्छा देखाउनुभएको छ ।
पूर्वी नवलपरासी (नवलपुर)को क्षेत्र नं. १ बाट पोखरेलले प्रतिनिधि सभाको समानुपातिक सदस्यका लागि आवेदन दिएको नेपाली कांग्रेसका जिल्ला सचिव होमराज रानाभाटले जानकारी गराउनुभयो । रानाभाट सोही निर्वाचन क्षेत्रको प्रदेश सभा ‘क’ बाट निर्वाचन जितेका हुन् ।
त्यसैगरी प्रदेश सभा सदस्य विष्णु प्रसाद लामिछाने फेरि दोहोरिएर चुनाव लड्न इच्छा देखाएका छन् । निर्वाचन क्षेत्र नं. २ ‘क’ बाट चुनाव जितेका लामिछानेले सोही निर्वाचन क्षेत्रबाट प्रदेश सभा सदस्यको उम्मेदवार बन्न आवेदन दिएको जिल्ला सचिव रानाभाटले जानकारी गराउनुभयो ।
त्यस्तै, गण्डकी प्रदेश सभा समानुपातिक सदस्य रहेकी ओमकला चालिसे गौतमले निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य र सोही निर्वाचन क्षेत्रको ‘क’बाट प्रदेश सभा सदस्यमा प्रत्यक्षमा उम्मेदवार बन्न आवेदन दिएको रानाभाटले जानकारी गराउनुभयो ।
जिल्लामा २ निर्वाचन क्षेत्र छन् । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्नका लागि कुल १४ जनाले आवेदन दिएका छन् । प्रतिनिधि सभाको समानुपातिक सदस्यतर्फ १५ जनाले आवेदन दिएका छन् । समानुपातिकको प्रदेश सभा सदस्यतर्फ भने १ सय बढीको आवेदन परेको जिल्ला सचिव रानाभाटले बताउनुभयो ।
आवेदन परेका सबैको नाम छनौट गरेर भदौ २० गते उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्ने पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्