१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचनमा भाग नलिनेहरुले तटस्थ सरकार बनाउनुपर्छ : प्रेम सुवाल


8.151k
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचनमा भाग नलिनेहरुको तटस्थ सरकार बनाउन माग गर्नुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद सुवालले हालसम्मका सरकारहरुले निष्पक्ष चुनाव गराउन नसकेको भन्दै निष्पक्ष चुनाव गराउनका लागि तटस्थ सरकार बनाउनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनमा भाग नलिनेहरुको मात्रै तटस्थ सरकार बनाउनुपर्ने बताउनभयो ।

सांसद सुवालले निर्वाचनको मिति घोषणा भइसक्दा पनि संसद चलाउनु आचारसंहिता विपरित रहेको भन्दै संसद बैठक चलाउनु नहुने बताउनुभयो ।

उहाँले तटस्थ सरकार बनाउने पहल गर्न अनुरोध गर्नुभयो ।