
फाइल तस्बिर
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सत्तारुढ गठबन्धन चुनावसँग डराईरहेको टिप्पणी गर्नुभएको छ ।
पार्टीको केन्द्रिय सम्पर्क समन्वय कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ दलकै कारण मंसीर ४ गते निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नरहेको तर्क गर्नुभयो ।
निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने दावी गर्दै उहाँले त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो ।
सरकारले लोकतान्त्रिक विधि र प्रक्रियालाई समेत लत्याएको नेम्वाङको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्