
काठमाडौं । काठमाडौं महानगरपालिकाले सात दिनभित्र मनोरञ्जन कर बुझाउन भन्दै क्यासिनोहरुलाई निर्देशन दिएको छ ।
आर्थिक वर्ष २०७५/७६ देखि महानगरपालिकालाई मनोरञ्जन कर नबुझाई सञ्चालित ७ वटा क्यासिनोलाई आईतबार महानगरले पत्र लेख्दै कर बुझाउन भनेको हो । महानगरले तोकिएको अवधिमा कर नबुझाए महानगरपालिकाको राजस्वव ऐन,२०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह वक्यौता कर असुलउपर गरिने पत्रमा उल्लेख छ ।
महानगरले म्यरिएटको डेल्टीन क्यासिनो होटल, अन्नपूर्णको क्यासिनो प्यालेस, ¥याडिसन होटलको क्यासिनो ¥याड, हायात होटलको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन, सोल्टी होटलको मोजाङ्ग इन्टरटेन्मेन्ट, एलफ्ट होटलको बाल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई कर बझुाउन आग्रह गरेको हो ।
ती क्यासिनोहरुले पटक–पटक ताकेता गरे पनि मनोरञ्जन कर नबुझाएको महानगरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्