२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


एमाले उपाध्यक्ष पौडेल रुपन्देही-२ बाट सिफारिस


104
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नाम रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएको छ ।

एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पूर्व उपप्रधान एवं अर्थमन्त्री पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

पौडेल २०६४ सालदेखि निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आउनुभएको छ ।