१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेक्सिकोकी पूर्वसुन्दरी १७ लाख अमेरिकी डलर बराबरको वाइन चोरेकाे आरोपमा पक्राउ


260
Shares

काठमाडौं । मेक्सिकोकी पूर्वसुन्दरीले १७ लाख अमेरिकी डलर बराबरको वाइन चोरी गरेको आरोपमा पक्राउ परेकी छन् ।

उनी र उनका एक जना रोमानियाली–डच सहयोगीलाई वाइन बोतलहरू चोरी गरेको अभियोगमा क्रोसियामा पक्राउ गरिएको हो। विगत ९ महिनादेखि उनीहरूलाई प्रहरीले युरोपभरी निगरानीमा राखेको थियो ।

उनीहरूले सन् २०२१ अक्टोबर २७ मा पश्चिमी शहर क्यासेरेसमा १९ औँ शताब्दीको ३ लाख १० हजार युरो पर्ने एक वाइन बोतल लगायत १६ लाख ५० हजार युरो पर्ने अन्य ४५ बोतल वाइन चोरेको आरोप पनि लागेको छ ।

निकै होसियारीपूर्वक प्रसिद्ध होटेल रेस्टुरेन्ट एल एट्रियोबाट ती वाइनका बोतल चोरिएका हुन् । प्रहरीका अनुसार २९ वर्षीया मेक्सिकन महिलाले सोही होटेलका वेटरहरूलाई अन्य काममा अलमल्याएर वाइन चोर्न सफल भएकी थिइन् ।

उनका ४७ वर्षीय सहयोगीले मूख्य साँचो प्रयोग गरी वाइन राखिएको दराज खोलेर वाइन चोरी गरेको बुझिएको छ ।