
काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले आज (सोमबार) घरेलु टोलीविरूद्ध तेस्रो एक दिवसीय क्रिकेट खेलमा प्रतिस्पर्धा गर्दैछ ।
केन्याको नैरोबिस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार साेमबार दिउँसो पौने १ बजे क्रिकेट खेल सुरू हुने भएकाे हाे । सोमबारको खेल जित्दै नेपाल एक दिवसीय क्रिकेट श्रृंखलामा क्लिन स्विप गर्ने योजना बनाएकाे छ ।
३ खेलको श्रृंखलामा नेपाल २–० ले अघि रहेको छ । श्रृंखलाको पहिलो एक दिवसीय खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एक दिवसीय खेलमा नेपाल १७ रनले विजयी भएको थियो ।
अनौपचारिक एक दिवसीय श्रृंखला अघि नेपालले केन्यालाई ५ खेलको टि–२० श्रृंखलामा ३–२ ले पराजित गरेकाे थियो ।
प्रतिक्रिया दिनुहोस्