८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सोलुखुम्बुमा १२ हजार बढी बालबालिकाले लगाए फाइजर खोप


52
Shares

सोलुखुम्बु । सोलुखम्बुका १२ हजार जना भन्दा बढी बालबालिकाले कोरोनाविरुद्धको फाइजर खोप लगाएका छन् ।

जिल्लाका ८ स्थानीय तहका १२ हजार १ सय ३२ जना बालबालिकालाई कोरोना भाइरसविरुद्ध पहिलो मात्राको फाइजर खोप लगाइएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको हाे । खोप प्राप्त गर्ने बालबालिकाहरूमा सोलुदूधकुण्ड नगरपालिकाका ३ हजार १ सय ९४, थुलुङ दूधकोशी गाउँपालिकाका २ हजार १ सय ९४, नेचासल्यानका १ हजार १ सय २० र सोताङका १ हजार १ सय ९२ जना रहेका छन् ।

त्यस्तै, महाकुलुङ गाउँपालिकाका १ हजार ४ सय २०, माप्यदूधकोशी गाउँपालिकाका १ हजार ४ सय ७५, खुम्बु पासाङ ल्हामुका १ हजार ४० र लिखुपिकेका ४ सय ९७ जना बालबालिकाले खोप लगाएकाे सम्बन्धित पालिकाकाे स्वास्थ्य शाखाले जनाएको छ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै सोलुखुम्बुमा भदौ ५ गतेदेखि १३ गतेसम्म विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयहररूमा फाइजर खोप लगाइएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख नारद सुवेदीले बताउनुभयो । अब दोस्रो मात्राको खोप असोजबाट सुरू गरेर दशैं अगाबै सक्ने लक्ष्य लिएको प्रमुख सुवेदीको भनाइ छ ।

सोलुखुम्बुमा ५ देखि ११ वर्षसम्मका करिब १४ हजार जना बालबालिका रहेको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।