
सोलुखुम्बु । सोलुखुम्बुको देउसामा आगालागीबाट एक घर जलेर नष्ट भएको छ ।
थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका इन्द्रबहादुर बस्नेतको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक ज्ञानबहादुर माझीकाअनुसार विद्युत सर्ट भई सुरु भएको आगोले बस्नेतको ढुङ्गामाटोले बनेको तीन तले घर जलेर नष्ट भएको हो ।
आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तनलगायतका सबै सामाग्री जलेर नष्ट हुँदा १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । केही समय अघिदेखि बिग्रिएको वाइरिङका कारण आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्