
काठमाडौं । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले बागमती प्रदेशसभाको बैठक बस्ने सम्भावना नरहेको बताउनुभएको छ ।
उहाँले प्रदेशसभाको पहिलो कार्यकाल उपलब्धिमूलक रहेको दावी पनि गर्नुभयो । राजनीतिक दल र दलका प्रतिनिधिहरु निर्वाचनको तयारीमा लागिसकेका कारण औपचारिक कार्यक्रम गरेर सांसदहरुको बिदाई गरीने उहाँको भनाइ छ । उहाँले बागमती प्रदेशसभाको पनि दशौं अधिवेशन समाप्त भइसकेको जानकारी दिनुभयो ।
अन्य प्रदेशले पनि प्रदेशसभाको अधिवेशन अन्त्य गर्दै कार्यकाल टुंग्याउन थालेका छन् । प्रदेश १ र सुदूरपश्चिम प्रदेशका प्रदेशसभा अधिवेशन अन्त्य भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्