
डडेल्धुरा । डडेल्धुरामा प्रदेश स्तरिय सात दिवसिय युवा योग प्रशिक्षण शिविर शुरु भएको छ ।
योगयुत्त समाज, रोग मुक्त समाज निर्माणका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ४६ जना युवा योगप्रेमि साधकहरुलाई शारिरिक तथा बौद्धिक कक्षा संचालन गरि एक हप्ते आवासिय प्रशिक्षण शुरु गरिएको हो ।
पतंजली योग पीठ नेपाल, पतंजली युवा नेपालको आयोजनामा सात दिन सम्म संचालन हुने शिविरमा युवाहरुलाई पतंजली युवा नेपालका प्रमुख साध्वी डा. देव विजया ज्यूबाट आध्यात्मिक, यौगिक तथा मानविय धर्म र संस्कारको ज्ञान दिनुका साथै नागरिक तथा समाज उपयोगि दर्शनको बारेमा प्रशिक्षण दिईने स्थानीय आयोजक पतंजली योग समिति सुदूरपश्चिम समितिले जनाएको छ ।
सोमबार बिहान ६ बजे शिविरको औपचारिक उद्घाटन गरि युवाहरुलाई बिभिन्न बिधामा कक्षा संचालन गरि बिहान पँँच बजे देखि सन्ध्याकालिन ८ बजे सम्म कार्यक्रम नियमित रहने समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्