१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कर्मचारी सरुवा, बढुवा र नियुक्ति नगर्न आयोगको आग्रह


4.589k
Shares

काठमाडौं । सरकारले सोमबारदेखि कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ ।

निर्वाचन आयोगले यही भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले सोमबारबाट कर्मचारीको सरुवा, बढुवा, नियुक्ति गर्न नपाउने भएको हो ।

आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न भदौ २ गतेनै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो । उहाँले कुनै पनि ठाउँमा स्विकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारले १८ दिनको समय दिएको पनि स्पष्ट पार्नुभयो ।

निर्वाचन आयोगले यसअघि नै निर्वाचन प्रयोजनका लागि कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै जिल्लामा कर्मचारी व्यवस्थापन कमिटी बनाएको छ ।

कर्मचारीलाई निर्वाचन प्रयोजनका लागि परिचालन गर्न सबै जिल्लामा सो कमिटीको पनि व्यवस्था गरिएको सहायक प्रवक्ता अर्यालले बताउनुभयो । आयोगले निर्वाचनको मिति घोषणा भएदेखि नै सरकारलाई आचारसंहिता लाग्ने पनि स्पष्ट पारेको छ । आगामी मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन हुँदै छ ।