१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


धनुषा-३ बाट राजेन्द्र महतोको नाम सिफारिस


52
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नाम सिफारिस गरेको छ ।

लोसपा धनुषा क्षेत्र नम्बर ३ को सोमबार सम्पन्न बैठकले महतोको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गर्ने निर्णय गरेको पार्टीको धनुषा अध्यक्ष परमेश्वर साहले जानकारी दिनुभयो । बैठकले सर्वसम्मतबाट महतोको एकल नाम सिफारिस गरेको अध्यक्ष साहले बताउनुभयो ।

वि.सं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा महतो यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । नेकपा (एमाले)ले सो क्षेत्रबाट जुलीकुमारी महतोको नाम सिफारिस गरेको छ ।