१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पर्यटनमन्त्री श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्छ : विमला राई


1.339k
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्नुभएको छ ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले मन्त्री श्रेष्ठले भिसा लिन जाने क्रममा सुरक्षा गार्डप्रति अमानविय व्यवहार गरेको भन्दै त्यसप्रति सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताउनुभएको हो ।

उहाँले मन्त्रीको यस्तो व्यवहार अस्वीकार्य हुने बताउनुभयो । उहाँले जनताले तिरेको करबाट सेवा सुविधा लिनेहरु जनताको शासक नभई सेवक भएको बताउनुभयो । सांसदहरुले विधि बनाउने भन्दै उहाँले विधि उल्लंघन गर्नेपनि उनै विधि बनाउनेहरु नै भएको टिप्पणी गर्नुभयो । यस प्रकारको घटना पुनः नदोहोरियोस् भन्नका लागि उहाँले सरकारको ध्यानाकर्षण पनि गराउनुभयो ।