
काठमाडौं । सोमबार सामान्य अंकले ओरालो लागेको शेयर बजारमा आज दोहोरो अंकको गिरावट आयो ।
उतार चढावबीच बजार परिसूचक नेप्से २१ अंकले घटेर १९ सय ५१ मा आएर थामियो । शुरुवाती समयमा नेप्से सामान्य अंकले हरियो रहे पनि केही मिनेटमै ऋणात्मक हुँदै ओरालो यात्रा तय गरेको हो ।
कारोबार हिजोको तुलनामा सामान्य बढेर सवा अर्ब नजिक पुग्यो । मात्र होटल तथा पर्यटन र सामूहिक लगानी कोष नयन्य अंकले हरियो रहेबाहेक अरु अरु सबैजसो समूह दोहोरो अंकले झरे ।
निर्जीबन बीमा समूह सबैभन्दा उच्च डेढ सय अंकले र जीवन बीमा समूह पनि ८५ अंकले ओरालो लाग्यो । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २२ कम्पनीको ३२ लाख कित्ता शेयर १ अर्ब १९ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यस दिन १ सय ७१ कम्पनीको शेयर मूल्य घट्दा जम्मा १४ कम्पनीको बढेको पनि नेप्सेले जनाएको छ । घटेको बजारमा पनि उन्नती सहकार्य लघुवित्तको शेयर भने सकारात्मक सर्किट लेबलमा कारोबार भयो ।
प्रतिक्रिया दिनुहोस्