२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


डेंगुको संक्रमण तिब्र फैलियो


4.212k
Shares

काठमाडौं । काठमाडौं उपत्यकासहित ७५ जिल्लामा डेंगी फैलीएको छ ।

सन् २०१९ सालमा देखिएको भन्दा पनि बढीको संख्यामा डेंगी फैलिएको अनुमान गरिएको छ ।

डेंगीका बिरामी बढेसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहितका सरकारी तथा निजी अस्पतालमा बिरामीको भिड बढेको छ । बिरामीको संख्या बढेपछि शुक्रराज ट्रोपिकल अस्पतालले १५ बेडको इमरजेन्सी बढाएर वार्ड बाहिर करिडोरमा ५ बेड थप गरेको छ ।

अस्पतालमा हाल डेंगीका बिरामी १५ जना जनरल वार्ड, ६ जना क्याबिन र ५ जनाको आईसीयूमा उपचार भइरहेको छ । हाल टेकु अस्पतालमा दैनिक डेंगी क्लिनकमा आउनेको संख्या २ सय भन्दा बढी छ भने इमरजेन्सीमा ७० बढी बिरामी आइरहेका छन् ।

त्यस्तै, क्षेत्रपाटी निःशुल्क अस्पतालले पनि बिरामीको चाँप बढेसँगै अस्पताल परिसरमा टेनट राखेर उपचार गराइरहेको छ । डेंगु काठमाडौ, भक्तपुर र रुपन्देहीमा सबैभन्दा बढी देखिएको छ । हालसम्म ४५ सयको हारहारीको संख्यामा डेंगी पुष्टी भइसकेको छ ।

अबको दुई महिना अझै डेंगीको जोखिम हुने चिकित्सकहरुले बताएका छन् । डेंगी नियन्त्रणका लागि पानी जम्न नदिने, झुलको प्रयोग गर्नेलगायतका सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।