
काठमाडौं । सरकारले किसानका लागि ल्याएको कृषि र बाली बीमा कार्यक्रम ओखलढुंगामा प्रभावकारी देखिएको छैन ।
कृषिको पशुपंक्षीतर्फ किसानले बीमा गरेपनि बालीतर्फ बीमा गर्ने किसानको संख्या जिल्लामा शून्य प्राय छ ।
पशुपंक्षीको बीमा गरेका किसानले सहजै क्षतिपूर्ति पाउन समस्या रहेको सिद्धिचरण नगरपालिका– १ तलुवाका बाख्रापालक किसान बताउँछन् । झन्झटिलो प्रक्रिया र अव्यवहारिक नीतिका कारण किसानले कृषि तथा बाली बीमा कार्यक्रमबाट पर्याप्त लाभ लिन सकेका छैनन् ।
बाली लगाउनुपूर्व नै बीमाको प्रक्रिया थाल्नुपर्ने भएकाले किसानले कृषि बीमामा चासो नदेखाएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका निमित्त प्रमुख हेमबहादुर आले मगरले बताउनु भयो । कृषि र बाली दुवै बीमा गरेका किसानले २० प्रतिशत आफैंले र ८० प्रतिशत प्रिमियम राज्यले तिरिदिने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्