
काठमाडौं । सावित्रा भण्डारीको गोलमा नेपालले छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको खेलको पहिलो हाफमा १–० को अग्रता लिएको छ ।
खेलको १२ औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले अग्रता दोब्बर बनाउने धेरै अवसर खेर फाल्यो । भुटानले पनि केही राम्रा अवसरमा गोल गर्न नसक्दा पहिलो हाफमा खेल बराबरी बनाउने अवसर गुमायो ।
प्रतिक्रिया दिनुहोस्