२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पल शाहलाई साढे दुई वर्ष जेल सजाय


6.734k
Shares

काठमाडौं । अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले साढे दुई वर्ष जेल सजाय गरेको छ ।

बाल यौन दुरुपयोगको कसुरमा फैसला गरेका शाहलाई साढे दुई वर्ष जेल सजाय तोकेको हो ।

मंगलबार न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बहसपछि उक्त फैसला गर्नुभएको हो ।

शाहले सफाइ पाएपनि बाल यौन दुरूपयोगमा साढे दुई वर्ष जेल कैद सजाय, २५ हजार जरिवाना र १० लाख क्षतिपूर्ति पाएका छन् ।

गत फागुन १५ गते नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै शाह पक्राउ परेका थिए ।