
एजेन्सी । बेलायतमा कन्जर्भेटिभ पार्टीकी नेतृ लिज ट्रस नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन् ।
उनी बेलायतको प्रधानमन्त्री बन्ने तेस्री महिला हुन । महारानी एलिजाबेथले उनलाई स्कटल्यान्डस्थित बाल्मोरल कासलमा औपचारिक रूपमा पदबहाली गराए ।
सोमबार सत्तारुढ कन्जर्भेटिभ पार्टीले ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रुपमा चयन गरेको घोषणा गरेको थियो । मंगलबार आफ्नो बिदाइ भाषणमा निवर्तमान प्रधानमन्त्री जोनसनले ट्रसलाई सहयोग गर्न कन्जर्भेटिभ पार्टीका सबैलाई आग्रह गरे । त्यसलगत्तै उनले बाल्मोरल गएर महारानीसमक्ष राजीनामा दिएका थिए ।
महारानीसमक्ष औपचारिक रुपमा राजीनामा दिन बाल्मोरल जानुअघि बोरिस जोनसनले टेन डाउनिङ स्ट्रीटमा बिदाइ भाषण गरेका थिए ।
नयाँ प्रधानमन्त्रीले देशको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नुपर्नेछ । ४० वर्षमा त्यहाँको मुद्रास्फीति सबैभन्दा उच्च छ । यसअघि दुई महिला मार्गरेट थ्याचर र टरिजा मे बेलायतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । कन्जर्भेटिभ पार्टीमा ट्रससँगै पार्टी नेताको प्रतिस्पर्धामा रहेका ऋषि सुनक नयाँ प्रधानमन्त्रीको दौडबाट बाहिरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्