
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेभित्र उम्मेदवार सिफारिसमा कुनै विवाद नरहेको दाबी गर्नुभएको छ ।
मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले कुनैपनि स्थानमा विवाद भएको सूचना नपाएको बताउनुभयो । उहाँले एमालेमा विगतमा मतदान गरेर उम्मेदवार सिफारिस हुने भएतापनि यो पटक तीन जना भन्दा बढीले इच्छा व्यक्त गरेपनि सिफारिस भइरहेको बताउनुभयो ।
उहाँले यसरी तीन जना भन्दा बढी नाम सिफारिस भएर आएपनि सबैभन्दा बढी सम्भावित उम्मेद्वार भनेर प्रदेश कमिटिको सिफारिसको आधारमा सचिवालयले छनोट गर्ने बताउनुभयो । उपाध्यक्ष पाण्डेले राष्ट्रिय सभाका सदस्यलाई टिकट नदिने निर्णय गरेकाले कुनै विशेष अवस्थामा मात्रै निर्णय हुनसक्ने बताउनुभयो ।
उहाँले देशभर शीर्ष नेताहरुको मात्रै एकल नाम सिफारिस नभएको दाबी गर्नुभयो । उहाँले जिल्लाबाट सिफारिस हुँदैमा उम्मेदवार फाइनल भए भनेर सिफासिर भएका उमेद्वारहरुले सोच्नुनहुने बताउनुभयो । पाण्डेले पार्टीको सचिवालयले फाइलन गरेपछि मात्रै उम्मेद्वार टुङ्गो लाग्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्