
सिन्धुली । सिन्धुलीमा डेंगु रोग फैलिएका कारण ४८ जना मानिस प्रभावित भएका छन् ।
ज्वरो आउने, जिउ दुख्ने र खान मन नलाग्ने जस्ता लक्षण भएका बिरामीहरुको संख्या दैनिक रुपमा बढिरहेको सिन्धुली अस्पतालले जनाएको छ । त्यस्ता लक्षण देखिएका कतिपय बिरामीहरु घरमा नै तातो पानी खाने, सिटामोलको प्रयोग गरी बसेकाले डेंंगु रोगीको संख्या सिन्धुलीमा एकीन हुन सकेको छैन् ।
डेंगु संक्रमण बढ्दै गएको अवस्थामा संक्रमण फैलाउने लामखुट्टे मार्ने, किटनासक औषधीहरु छर्ने जस्ता कार्यक्रमहरुरु कमलामाई, दुधौली नगरपालिका लगायतका जिल्लाका स्थानीय तहहरुले संचालन गर्न नसक्दा संक्रमण अझै फैलिने खतरा बढेको छ ।
मध्य तराईमा पर्ने, सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी, दुधौली, भिमान र कपिलाकोट लगायतका क्षेत्रमा डेंगुको संक्रमण बढन सक्ने अनुमान गरिएकाे छ । अहिले देशभरी नै डेंंगु राेग फैलिईएकाे छ ।
साथै साेही राेगका बिरामीहरु समेत बढेका छन् । अस्पतालहरुमा समेत डेंंगु राेगका बिरामीकाे चाप बढेकाे छ ।
प्रतिक्रिया दिनुहोस्