२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सोलुखुम्बुमा नवनिर्वाचित वडाध्यक्षका लागि अभिमुखीकरण तालिम संचालन


65
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा नवनिर्वाचित वडाध्यक्षहरुका लागि अभिमुखीकरण तालिम संचालन गरिएको छ ।

प्रदेश प्रशिक्षण केन्द्र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम कलवलगुरी झापाको आयोजनामा विद्यमान संवैधानिक तथा कानूनी प्रावधानका बारेमा जिल्लाभरीका वडा अध्यक्षहरुलाई अभिमुखीकरण तालिम दिइएकाे हाे । स्थानीय तहको काम कर्तव्य, अधिकार, प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा सचिवको काम कर्तव्य र अधिकार लगायतको विषयमा कार्यक्रम केन्द्रित रहेको आयोजकले जनाएको छ ।

जसका लागि वडा तथा गाउँपालिकाबाट प्रवाह हुने सर्जिमिन मुचुल्का, सिफारिस, सामाजिक सुरक्षा, पञ्जिकरण र विकासका समसामयिक सन्दर्भहरु लगायतका विषयमा अभिमुखीकरण गरिएको प्रदेश प्रशिक्षण केन्द्रका मनोज तिमिल्सिनाले बताउनुभयो । कार्यक्रमको सहजीकरण केन्द्रका प्रशिक्षक गणेशप्रसादति मिल्सिनाले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी, समन्वय अधिकारी लगायतले गर्नुभएको थियो ।

वडाका वडाध्यक्षहरुको सहभागितामा गरिएको अभिमुखीकरणले जनप्रतिनिधिहरुमा सेवा प्रवाहको बुझाईमा एकरुपता आउने केन्द्रको विश्वास छ । तालिम केन्द्रले प्रदेश-१ का १ सय ३७ वटै पालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई लक्षित गर्दै सोही प्रकृतिको कार्यक्रम गत जेठमा विराटनगरमा गरेको थियो ।