
ओखलढुंगा । महिलाहरुले नाच्ने नाचका रुपमा चिनिएको संगीनी नाच ओखलढुंगाको गाउँघरबाट हराउँदै गएको छ ।
चाँडबाँड तथा मेलापर्वमा गीत गाउँदै गीतकै लयमा गोलो घेरामा घुम्दै, ताली बजाउँदै नाचिने संगीनी नाच लोप हुने अवस्थामा
पुगेको हो । प्रविधिको विकाससँगै यो नाच आजभोलि संकटमा परेको छ ।
यहाँका गाउँघरका सीमित महिलाले मात्रै संगीनी नाच नाच्दै आएका छन् । परम्परागत नाचका रुपमा चिनिएको संगीनी नाच जिल्लाका सबै क्षेत्रमा परिचितछ ।
आजभोलि तीज र वाम्बुले राईहरुले मनाउने ढ्वाङ्कुम पर्वमा संगीनी नाच नाचेको देख्न पाइन्छ । संगीनी नाचसँगै जिल्लामा बालन, मारुनीलगायतका नाच पनि हराउँदै गएका छन् ।
ग्रामीण पहिचान र सभ्यता झल्काउने यस्ता मौलिक संस्कार संस्कृति हराउँदै गएकोमा पाका पुस्ताहरु भने चिन्तित छन् ।
प्रतिक्रिया दिनुहोस्