१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


जनतालाई अर्को आन्दोलनमा उत्प्रेरित गर्ने बेला आयो : अध्यक्ष दाहाल


1.443k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संसदीय निर्वाचनपछि जनतालाई अर्को आन्दोलनमा उत्प्रेरित गर्ने बेला आएको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा क्रान्तिकारी फोर्सको घोषणा कार्यक्रममा उहाँले शासकीय स्वरुप र निर्वाचन प्रणाली सच्याउनका निम्ति अर्को आन्दोलन आवश्यक भएको बताउनुभयो ।

उहाँले यसका निम्ति क्रान्तिकारी फोर्सले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । जनवादी क्रान्तिको नेतृत्व आफूले गरेको भन्दै दाहालले समाजवादी क्रान्तिको नेतृत्वका निम्ति युवाहरु तयार हुनुपर्नेमा जोड दिनुभयो ।