
काठमाडौं । वि.सं १९९० सालको महाभूकम्पले भत्काएको इन्द्रचोकमा रहेको ऐतिहासिक महादेवको मन्दिर हालसम्म पुनर्निर्माण हुन सकेको छैन् ।
भूकम्पले क्षती पुर्याएका धरै सम्पदा पहिलाको रुपमा फर्कदा पनि यो ऐतिहासिक मन्दिरको पुनर्निर्माण नहुदाँ यसको अस्तित्व संकटमा परेको छ । काठमाडौंको मुटु (वंघः) इन्द्रचोकमा रहेको ९० सालको महाभुकम्प अघिको महादेव मन्दिर । प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिर भूकम्प अघि तीन तल्ले थियो । तर, महाभुकम्पको ८९ वर्ष बितिसक्दा पनि यसको पुनर्निर्माण हुन सकेको छैन् ।
योसहित १९९० सालको भूकम्पले क्षती पुर्याएको भेंडासिंको नौदेवल भवानी शंकर मन्दिर र थाय् मरुमा रहेको महादेवको मन्दिर पनि पुनर्निर्माण हुन सकेको छैन् । थाय् मरुमा रहेको महादेवको मन्दिर अस्तित्व नै नष्ट भइसकेको अवस्थामा छ । भग्नावशेषको रुपमा शिव लिगं मात्रै छ । काठमाडौं महानगरपालिकाले वंघः मा रहेको सन्तानेश्वर महादेव लगायतका मन्दिर क्षेत्रमा करिव ४० वर्ष देखि रहेको खास्टो तथा साडी व्यापार र भवानी शंकर मन्दिर रहेको माटोका भाँडा व्यापारलाई निषेध गरेपछि अहिले खुल्ला गरिएको छ ।
योसँगै यी ऐतिहासिक मन्दिरहरु पनि पुनर्निर्माण हुनु पर्ने आवाज उठन थालेका छन् । सो क्षेत्रका पूर्व वडा अध्यक्ष नीलकाजी शाक्यले ऐतिहासिक मन्दिरहरु पुनर्निर्माण गर्न अहिले उपयुक्त समय भएको भन्दै यसका लागि सबैले पहल गर्नु पर्ने बताउनुहुन्छ । वंघः मा रहको महादेव मन्दिरमा उत्कृष्ट लिच्छवीकालिन अप्सराको समेत मूर्ति छ । जसको संरक्षणमा पनि सरकारी चासो देखिदैन् ।
चौथी कृष्ण सुवाल नौ दशक सम्म पनि ऐतिहासिक मन्दिरहरुको पुनर्निर्माण हुन नसक्नु दुर्भाग्य पूर्ण भएको बताउनु हुन्छ । विगतमा प्राथमिकतामा नपरेकोले अब प्राथमिकताका साथ पुनर्निर्माण हुनु पर्ने उहाँको माग छ । महानगरले यसअघि ती सम्पदाको पुनर्निर्माणका लागि बजेट छुट्याएको थियो ।
तर, विविध कारणले पुनर्निर्माण हुन नसकेको पूर्व वडा अध्यक्ष शाक्य बताउनुहुन्छ । ऐतिहासिक धरहराको पुनर्निर्माणको नाममा नयाँ टावर बन्ने मुलुकमा यस्ता एतिहासिक र पुरातात्विक महत्वका सम्पदा नौ दशक समय सम्म पनि पुनर्निर्माण हुन नसक्नु विडम्वनापूर्ण छ ।
यस्तो दुरभाग्यपूर्ण अवस्थाबाट अब उठ्नु पर्छ । अबको युवा नेतृत्वले सच्याउनु सक्नु पर्छ। ऐतिहासिक सम्पदाको संरक्षणमा सबै पक्षको समयमा नै ध्यान जानुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्