२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


महामन्त्री शर्मा बने कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिको संयोजक


91
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनको लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ ।

सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र तयारी समिति गठन गर्दै संयोजकमा महामन्त्री शर्मालाई मनोनीत गर्नुभएको हो ।

अब संयोजक शर्माले समितिलाई पूर्णता दिएर घोषणापत्र तयारीको काम अघि बढाउनु हुनेछ । स्थानीय तह निर्वाचनमा अर्का महामन्त्री गगन थापा संयोजकत्वको समितिले घोषणापत्र बनाएको थियो ।