२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


चिकुनगुनिया भाइरस संक्रमणको अनुमान


481
Shares

काठमाडौं । डेंगुको लक्षण देखिएपनि संक्रमण नदेखिएपछि चिकुनगुनिया भाइरस संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।

लक्षण मिलेपनि संक्रमण पुष्टी नभएपछि नेपालमा सन् २०१३ मा देखिएको चिकुनगुनिया भाइरस हुन सक्ने चिकित्सकहरुले अनुमान गरेका छन् । डेंगु सार्ने एडिस नामक भाइरसले नै यो भाइरस सार्ने भएकाले पनि चिकुनगुनिय देखिएको आशंका गरिएको हो ।

डेंगुमा जस्तै अत्याधिक ढाड जोर्नी दुख्ने, ज्वरो आउने, आलास्य हुने, शरीरमा विविरा देखिने लगायतका लक्षण चिकुनगुनीया भाइरसमा देखिने सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन बताउनुहुन्छ ।

संक्रमण भएका दुईदेखि १२ दिनसम्म यसका लक्षणहरु देखिने गर्छन् । सामान्यतया उपचार पद्धतीपनि डेंगुको जस्तै हुने चिकित्सकहरु बताउँछन् । सन् २००२ देखि २००६ को अवधिमा भारतमा अत्याधिक मात्रामा देखिएको यो भाइरसले नेपालमा ३ जनाको व्यक्तिको मृत्यु भएको थियो ।

सामान्यतया चिकुनगुनीया भाइरस दीर्घरोगी तथा वृद्धमा देखिने गर्दछ । नेपालमा यो भाइरसको परीक्षण नभएको तीन बर्ष बढी भइसकेको छ ।