१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महानगरको अभियानले साना व्यवसायी मारमा

धान खाने मुसा, चोट पाउने भ्यागुतो

845
Shares

काठमाडौं । काठमाडौं महानगरले चलाएको अनधिकृत संरचना हटाउने अभियान तीव्रता पाएको छ । ३५ दिने सूचना अटेरी गर्दै अनधिकृत संरचना नहटाएका व्यवसायीमाथि महानगरले डोजर चलाउँदा मारमा बहालमा बस्दै आएका व्यापारी परेका छन् ।

काठमाडौंको महाराजगञ्जमा तरकारी व्यवसाय सञ्चालन गर्दै आएका नारायण पन्थी । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थानका लागि चलाएको अनधिकृत संरचना भत्काउने अभियानको शिकार पन्थी पनि बने । महानगरले अनधिकृत संरचना हटाउन जारी गरेको ३५ दिने सूचनालाई अटेरी गर्ने विरुद्ध डोजर चलाउन थालेपछि यस्ता संरचनालाई जिविकोपार्जनको माध्यम बनाएका धेरै व्यवसायी समस्यामा परेका छन् ।

महानगरले जारी गरेको सूचना अटेरी गर्ने घरधनी भएपनि मारमा भने बहालमा बस्दै आएका व्यापारी परेका छन् । घरधनीले समयमा सूचना नदिदाँ उनीहरुलाई व्यवसाय प्रतिस्थापनसँगै सामानको सुरक्षामा चुनौती देखिएको छ ।

यो मात्र होइन् । चाडँबाडँको मुखमा महानगरको कार्यले उनीहरुलाई गाँसबाँसको चिन्ताले पिरोल्न थालको छ । काठमाडौ महानगरपालिकोले संरचना भत्काउनु अघि ३५ दिने सुचना अनि मौखिक रुपमा सुचना जारी गर्दा पनि अटेर गरेपछी ठोजर पेल्न बाध्य भयो ।

सूचना जारी गर्ने मात्रै त होनी भन्ने भ्रममा परेका घरधनीले भाडामा लगाइएका आफना व्यवसायीलाई केही हुँदैन भन्ने गरेका कारण यो परिणाम भोग्न परेको कतिपयको बुझाइ छ । जसका कारण महानगरलाई संरचना हटाउन केही आएपनि महानगरको यो अभियानमा सर्वसाधरणको भने राम्रो साथ मिलेको छ ।

देशको संघीय राजधानी समेत रहेको काठमाडौं महानगरमा ट्राफिक व्यवस्थापको समस्या नौलो होइन् । अझ, सडक छेवैमा बनेका अनधिकृत संरचनाले ट्राफिक ब्यवस्थापनलाई अस्तब्यस्त बनाउँदै आएको छ ।

जसको नियन्त्रणका लागि महानगरले चालेको कदम स्वागतयोग्य छ । यसलाई सफल बनाउन सबै नागरिकले सहयोग गर्नुपर्ने देखिन्छ ।