२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


महिला साफ च्याम्पियनसिपमा पाकिस्तानलाई हराउँदै भारतको विजयी सुरुआत


494
Shares

काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा पाकिस्तानलाई ३-० गोल अन्तरले हराउँदै भारतले सुखद सुरुआत गरेको हो ।

भारतले पाकिस्तानविरुद्ध सुरुआती अग्रता भने आत्मघाती गोलबाट बनायो । खेलको २१ औं मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोलपछि भारतले १-० को अग्रता बनाएको थियो ।

खेलको २३ औं मिनेटमा ग्रेस डाङमेईले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाईन्। त्यसपछि खेलको इन्जुरी समयमा सौम्याले गोल गर्दै भारतलाई ३-० को जित दिलाईन् । यस जितसँगै समूह ‘ए’ को भारतले पहिलो खेलमै ३ अंक जोडेको छ ।

पाकिस्तानले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । प्रतियोगिता अन्तर्गत नै आजको अर्को खेलमा बंगलादेश र माल्दिभ्सको खेल भइरहेको छ ।