
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले १०० भन्दा कम सिट स्वीकार गर्न नहुने बताउनुभएको छ ।
बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सत्ता गठबन्धनमा सहभागी अन्य दलसँग सहमति गरी कांग्रेसले एक सय सिट लिन पहल गर्नुपर्ने बताउनुभयो ।
नेता कोइरालाले गठबन्धनभित्र सहमति हुन अझै बाँकी रहेकाले प्रतिनिधिसभाको सिट बाँडफाँट भइसकेपछि प्रदेशसभाको सिट बाँडफाँटमा कुराकानी हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्