
तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिका–२ फयाकमा रहेको शारदा माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले अक्षय कोष स्थापना गरेका छन् ।
विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू छथर गाउँपालिका–२ खैरेनीकाकिरण लिम्बुले ५१ हजार, छथर गाउँपालिका–२ हाल काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला निवासी निर्मला खनालबाट ५ हजार १ सय र छथर गाउँपालिका–२ खैरेनीका देबिन्द्र लिम्बुबाट १ हजार ४ गरी गरी कूल ५७ हजार ५ सय रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् ।
सो रकम किरणका बुवा बिरबहादुर लिम्बुले विद्यालयका प्रधानाध्यापक बौधबहादुर निरौलालाई बुधबार हस्तान्तरण गर्नुभएको थियो ।
बिद्यालयमा अध्ययन गर्ने विपन्न तथा जेहेन्दार र उकृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उदेश्यका अक्षयकोष स्थापना सुरू गरिएको हो ।
अक्षय कोष स्थापनामा गर्न पूर्वविद्यार्थीहरूको महत्वपूर्ण भुमिका रहेकोले आ–आफ्नो क्षेत्रबाट सहयोगमा जुट्न विद्यालयले आग्रह समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्