
एजेन्सी । दक्षिण भारतीय फिल्म ‘पोन्नियन सेल्वान’ (पिएस -१) को ट्रेलर सार्वजनिक भएको छ।
बुधबार फिल्मको ट्रेलर हिन्दीसहित पाँच भाषामा सार्वजनिक गरिएको हो ।
चियान विक्रम, ऐश्वर्या राय बच्चन यस फिल्मले हजार साल पुरानो भारतको चोल साम्राज्यको कथा प्रस्तुत गरेको छ । फिल्ममा ऐश्वर्याले रानी नन्दिनीको भूमिका निर्वाह गरेकी छन् भने आदित्य कारिकलनको भूमिकामा विक्रम देखिएका छन् । फिल्म सन् १९५५ को कल्की कृष्णमूर्तिको उपन्यास ‘पोन्नियन सेल्वान’ मा आधारित छ ।
निर्देशक मणि रत्नमले निर्देशन गरेको फिल्ममा ओस्कार विजेता एआर रहमानको संगीत, श्रीकर प्रसादको सम्पादन, रवि बर्मनको छायांकन छ । फिल्ममा चियान विक्रम, ऐश्वर्या राय बच्चन, जयराम रवि, सरथकुमार, प्रभु, अश्विन काकुमानद, शोविता धुलिपल लगायतको अभिनय छ ।
फिल्म आगामी ३० सेप्टेम्बरमा हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा प्रदर्शन हुनेछ।
प्रतिक्रिया दिनुहोस्