१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


असोज ३ गतेदेखि बनेपामा ‘काभ्रे महोत्सव’


26
Shares

काभ्रे । काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा आगामी असोज ३ गतेदेखि १५ गतेसम्म ‘काभ्रे महोत्सव–२०७९’ हुने भएको छ ।

बनेपा नगरपालिका– ७ स्थित उग्रेश्वर मन्दिर परिसरमा हुने सो महोत्सव ‘व्यवसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको संघका महासचिव रविन्द्र वैदारले जानकारी बताउनुभयो ।

कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र उकास्न स्थानीय व्यापारी तथा उत्पादनलाई प्राथमिकतामा राख्दै महोत्सव आयोजना गरिएको महासचिव वैदारले जानकारी दिनुभयो ।

महोत्सवमा १ सय १५ वटा स्टल रहने छन् । महोत्सव अवधिभर एक करोड रुपैयाँ बराबरको कारोवार हुने संघको अनुमान छ ।

करिब ५० हजार जनाले महोत्सव अवलोकन गर्ने उद्योग वाणिज्य संघको अनुमान छ ।

महोत्वस स्थलमा प्रवेश गर्नको लागि १०० रुपैयाँ टिकट शुल्क तोकिएको छ । विद्यार्थीका लागि ५० रुपैयाँ र वृद्धवृद्धाका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पसंछेले जानकारी दिनुभयो ।

महोत्वस अवधिभर १ करोड बराबरको कारोबार हुने संघको अनुमान छ ।