
सोलुखुम्बु । शेर्पा बालबालिका सहायता संघले सोलुखुम्बुका १८० जना भन्दा बढीलाई प्राथमिक उपचार सम्बन्धिको तालिम (पीपीआर) प्रदान गरेको छ ।
संघले विभिन्न समयमा विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी र प्रहरीलाई गरी १८० जनालाई उक्त तालिम प्रदान गरेको अध्यक्ष निमा शेर्पाले जानकारी दिनुयभो । उहाँकाअनुसार थुलुङदूधकोशी गाउँपालिकाको नेले क्षेत्रका माध्यामिक विद्यालयका एक सय जना शिक्षक र विद्यार्थी, १५ जना प्रहरी र स्वस्थ्यकर्मी तथा सोलुदूधकुण्ड नगरपालिकाको सल्लेरीमा ५० जना प्रहरी र १५ जना स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरिएको संस्थाले जनाएको छ ।
उनीहरुलाई ग्रान्डी इन्टरनेशनल अस्पताल काठमाण्डौँको सहयोगमा व्यक्ति बेहोस भई मुटुको धड्कन नचलेको अवस्थामा कसरी बचाउन सकिन्छ, लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । प्राथमिक उपचारको सहयोगमा तीन चौथाई आकस्मिक दुर्घटना वा बिरामीको अवस्थामा जीवनरक्षामा उल्लेख्य योगदान गर्न सकिन्छ भन्ने अध्ययनहरूले देखाएका छन् ।
प्राथमिक उपचारको तालिमलाई जनस्वास्थ्यको कार्यक्रमको रूपमा सञ्चालन गरेका एसियाका देशहरूको अध्ययनअनुसार सडक दुर्घटनामा परेका गम्भीर घाइतेमध्ये करिब चालिस प्रतिशतलाई घटनास्थलमा उपस्थित व्यक्तिहरूले नै प्राथमिक उपचार उपलब्ध गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्