
धनकुटा । जोन इकाई क्षेत्र रहेको धनकुटाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका ९ वटा वडा बाट गएको आर्थिक बर्षमा ४२ करोड ४५ लाख ५८ हजार मूल्य बराबरको तरकारी निकासी भएको छ ।
महालक्ष्मी नगरपालिकाका ४ वटा वडा र छथरजोरपाटी गाउँपालिकाका ५ वडाको १ हजार २ सय २० हेक्टरमा गरिएको खेती बाट उतm मुल्य बराबरको तरकारी निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन इकाई धनकुटाका नायब प्राविधिक धर्मराज कटुवालले जानकारी दिनु भयो ।
इकाईको अनुसार गएको आर्थिकमा यस क्षेत्रमा बन्दा, काउली, मूला, रायोसाग, मटरकोसा लगायतको २७ हजार ८ मेट्रिटन तरकारी उत्पादन भएको र २४ हजार ५ सय ७७ मेट्रिटन तरकारी जिल्ला बाहिर निकासी भएको छ ।
प्रतिक्रिया दिनुहोस्