
काठमाडौं । नेकपा एमालेले निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीमार्फत केन्द्रमा आएका उम्मेदवारबारे छानविन थालेको छ ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको मापदण्डमा रहेर उम्मेदवार छनोट गरी क्षेत्र, जिल्ला र प्रदेश हुँदै पार्टी केन्द्रमा पठाउन निर्देशन दिएको थियो ।
सोहीअनुसार आएका नामबारे आन्तरिक छानबिन भइरहेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो । एमालेले भदौ २२ भित्र प्रदेशलाई उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउन निर्देशन दिएको थियो । सचिव अधिकारीले आएका सिफारिसबारे छानविन पनि भइरहेको बताउनुभयो ।
एमाले नेताहरुका अनुसार प्रदेशबाट आएका नाममा प्रदेश कमिटीका इन्चार्जसहित सरोकारवालासँग छलफल पनि भइरहेको छ । तर सबै प्रदेशबाट नाम आइसकेपछि सचिवालय बैठक बसेर कुन निर्वाचन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भनेर अन्तिम निर्णय गर्ने एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्