
काठमाडौं । कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको बताउनुभएको छ । उहाँले अब सेवा ग्राहीलाई न्याय दिलाउने कुरामा ढिलाई नहुने भन्दै सर्वोच्च सुधारको पक्षमा जुटेको बताउनुभयो ।
जिल्ला अदालत बझाङको नव निर्मित भवन उद्घाटन गर्दै उहाँले न्यायपालिकाका कुरामा ढिलाई भए जनस्तरमा गलत सन्देश जाने बताउनुभयो । उहाँले अदालतका कर्मचारी पनि कोठामा बसेर, कुर्सीमा बसेर मात्र नभइ सेवाग्राहीको पीरमर्का बुझेर उनीहरुको समस्या सम्बोधन गरिदिनु अदालतको कर्तव्य हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्