
स्याङ्जा । स्याङ्जाको गल्याङ नगर कार्यपालिकाको कार्यालयमा बिहिबार शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा आयोजित ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस सम्पन्न भएको छ ।
साेही कार्यक्रममा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता, चित्रकला प्रतियोगिता, नगरको शैक्षिक उपलब्धिमा महत्वपूर्ण योगदान पुर्याउनु शिशु सहजकर्ता, शिक्षक-शिक्षिका, प्रधानाध्यापक, उत्कृष्ट विद्यालय, विद्यालय व्यवस्थापन समिति, सेवा निवृत शिक्षकहरु, शिक्षाप्रेमीलाई सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियाे ।
गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले विद्यार्थीहरुले शैक्षिक प्रमाणपत्र प्राप्त गर्नुलाई मात्रै शैक्षिक उपलब्धि मान्न नसकिने बताउनुभयाे । विद्यार्थीले सिकेको सिपलाई व्यवहारमा उर्तानुपर्ने र त्यसले व्यक्तिको जीवन गुणस्तरीय बन्न सके मात्रै अन्तर्राष्ट्रिय साक्षरता दिवस एवं राष्ट्रिय शिक्षा दिवस मनाएको सार्थकता हुने उहाँकाे तर्क छ ।
साेही कार्यक्रममा गल्याङ नगरपालिका वडा नं-३ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई, सामाजिक विकास समिति संयोजक घनश्याम भट्टराई, नगर शिक्षा समिति सदस्य लेखनाथ चापागाई र सम्मानितहरुको तर्फबाट प्रेम बन्धु सुवेदी र द्रर्बेन्द्र देव खनाल लगायतले मन्तव्य राखेका थिए ।
।
प्रतिक्रिया दिनुहोस्