
फाइल तस्बिर
काठमाडौं । नेपाल क्रिकेट संघको नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ ।
संघका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा बिहीबार जारी विज्ञप्तिमा सङ्घको कार्यसम्पादन समितिको निर्णयअनुसार लामिछाने उपर करणी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा संघबाट निलम्बन गरिएको जनाइएको छ ।
लामिछानेविरुद्ध महानगरीय प्रहरीवृत्त गौशालामा जाहेरी परेको थियो ।
प्रतिक्रिया दिनुहोस्